
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ‘बी’ का अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । पाकिस्तानको लाहोरमा हुने खेल दिउँसो पौने ३ बजे शुरू हुने छ ।
च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिँदा दक्षिण अफ्रिका, अस्ट्रेलिया र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ ।
समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको आजको खेल पछि टुङ्गो लाग्नेछ । आज विजयी हुने टोली सेमिफाइनलमा पुग्दा पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
यसअघि हिजो समूह ‘ए’का पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण टस पनि नभइ रद्द भएको थियो । गएको मङ्गलवार वर्षाका कारण समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल पनि रद्द भएको थियो ।
नेट रन रेटका आधारमा बङ्गलादेशले तालिकाको तेस्रो स्थानमा र पाकिस्तानले पुछारमा रहेर प्रतियोगिता सकाएको छ । यो समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।