२०८१ फागुन १६, शुक्रवार , १०:१५:०४ बजे

Sajhamanch
'

केपी ओली कप फुटबलको पहिलो सेमिफाइनलमा आर्मी र संकटा खेल्दै

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनल खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साँझ ५ बजेदेखि त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनल अघिका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइएको थियो । अब बाँकी खेलहरू दशरथ रंगशालामा हुनेछ ।

आर्मीले पुलिस तथा संकटाले एपीएफ क्लबलाई हराएर सेमिफाइनलमा स्थान बनाएका थिए । दोस्रो सेमिफाइनल खेलमा शनिबार केपी एफसी र मच्छिन्द्र एफसी खेल्ने छन् । फाइनल खेल फागुन १९ गते हुनेछ ।

सम्बन्धित खबर