२०८१ फागुन १५, बिहिवार , १२:५५:४५ बजे

Sajhamanch
'

मौद्रिक समीक्षापछि सेयर बजारमा उत्साह

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह देखिएको छ । पहिलो एक घण्टामा बजारमा ३ अर्ब २० करोडको कारोबार भएको छ ।

१२ बजेसम्म सेयर बजार परिसूचक नेप्से २६ अंक बढेको छ । सो वृद्धिपछि २७९२ मा कायम भएको छ । पहिलो एक घण्टामा बैंकिङ सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो ।

मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १ दशमलव १ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएको छ । यहीं कारण बैंकको सेयरमा आकर्षण देखिएको छ ।

यो सेक्टर २ दशमलव ६ प्रतिशत बढेको छ । माइक्रोफाइनान्स, लगानी र होटल सेक्टर पनि १ प्रतिशतभन्दा धेरै बढेका छन् ।

सम्बन्धित खबर