
इलाम । इलामको एक टायर टायर रिसोलिङ सेन्टरमा आगलागी भएको छ ।
आज बिहानको राति १ः१५ बजे इलाम नगरपालिका –९ माईखोला बस्ने गोपाल पाठकले आफ्नो टिनको छानो, ढुङ्गा र सिमेन्टले बनेको पक्की वाल भएको एकतले घरभित्र संचालन गरेको भगवती माता टायर रिसोलिङ सेन्टरमा विद्युत लाइन सर्ट भई अचानक आगलागी भएको हो ।
आगलागीबाट घर र टायर रिसोलिङ गर्ने मेसिनमा आंशिक क्षति भएको छ । प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।