
काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा करिब ९० लाख रुपैयाँ बराबरको सिन्दूर आयात गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चीन र भारतबाट ८९ लाख ९७ हजार रुपैयाँको सिन्दूर आयात भएको हो ।
भारतबाट गत साउनदेखि माघ मसान्तसम्म ८९ लाख ६९ हजार रुपैयाँको ४५ हजार ६४३ किलो सिन्दूर आयात भएको छ भने भने चीनबाट ८० किलो सिन्दूर २८ हजार रुपैयाँमा आयात भएको छ ।
भारत र चीनबाट आयात गरिएको सिन्दूरबाट सरकारले २८ लाख २८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।