२०८२ वैशाख ७, आइतवार , ०१:४४:११ बजे

Sajhamanch
'

च्याम्पियन्स ट्रफी : इङ्गल्यान्डसँगको खेलमा अफगानिस्तान पहिला ब्याटिङ गर्दै

बुधवार, फागुन १४, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्गल्यान्डसँगको खेलमा अफगानिस्तानले टस जितेको छ । लाहोरमा टस जितेर अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले पहिले ब्याटिङ रोजेका छन् ।

प्रतियोगितामा दुवै टोली जीतविहीन छन् । पहिलो खेलमा इङ्गल्यान्डले अस्ट्रेलियासँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । समूह ‘बी’ मा इङ्गल्यान्ड तेस्रो र अफगानिस्तान पुछारमा छ ।

समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान र बङ्गलादेश समूह चरणबाट बाहिरिइसकेका छन् । च्याम्पियन्स ट्रफीको फाइनल खेल फागुन २५ गते हुनेछ ।

सम्बन्धित खबर