
काठमाडौं । ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा गएराति ११ बजेदेखि हटाइएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिशअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
सम्भावित प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले गएको आइतवार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो ।