२०८१ फागुन १३, मङ्गलवार , ०३:३४:०० बजे

Sajhamanch
'

रावलपिन्डीमा वर्षा, अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलको टसमा ढिलाइ

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा टसमा ढिलाइ भएको छ । रावलपिन्डीमा वर्षाका कारण टसमा ढिलाइ भएको हो ।

यसअघि अस्ट्रेलियाले पहिलो खेलमा इङ्गल्यान्डलाई र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको थियो । च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ भारत र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । यो समूहबाट पाकिस्तान र बङ्गलादेश समूह चरणबाट बाहिरिइसकेको छ ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल फागुन २५ गते हुनेछ ।

सम्बन्धित खबर