२०८१ फागुन १३, मङ्गलवार , ०२:१२:२७ बजे

Sajhamanch
'

नवलपरासी पश्चिममा दुई समूहबीच झडप, प्रहरीले गर्‍यो हवाई फायर

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।

आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो ९सोमबार० बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो । सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले अनलाइनखबरलाई जानकारी दिए ।

मङ्गलवार, फागुन १३, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर