२०८१ फागुन १३, मङ्गलवार , ११:०४:३३ बजे

Sajhamanch
'

इलाममा आगलागी, गोठ जलेर नष्ट

मङ्गलवार, फागुन १३, २०८१

झापा । इलाममा भएको आगलागीबाट गोठ जलेर नष्ट भएको छ ।

हिजो दिउँसो ३ बजे इलाम देउमाई–८आमबोटे बस्ने पूर्णबहादुर राना मगरको टिनको छानो भएको २ तले गाईगोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्किएको थियो ।

प्रहरी चौकी जितपुर खटिएको प्रहरी टोली , स्थानीय र देउमाई नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

मङ्गलवार, फागुन १३, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर