२०८१ फागुन १३, मङ्गलवार , ०९:५४:०५ बजे

Sajhamanch
'

म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको मुना भन्ने स्थानमा रहेको थियो ।

बिहान ९ बजेर १८ मिनेट जाँदा गएको सो भूकम्पको तीव्रता ३ दशमलव ५ म्याग्निच्युड रहेको थियो । यसअघि सोमबार बिहान लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको तीव्रता ३ दशमलव १ म्याग्निच्युड रहेको थियो । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।

मङ्गलवार, फागुन १३, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर