
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिजाइन भइरहेकै अवस्थामा यूएसएडका तीन कार्यक्रम रोकिएका छन् ।
सोमबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सञ्चालन गर्न लागेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको जनाएको हो ।
अर्थ मन्त्रालयका अनुसार रोकिएका तीनवटै कार्यक्रम डिजाइनको भइरहेको उल्लेख गरेको छ । रोकिएका तीन कार्यक्रमको सम्झौता समेत नभइसकेकाले कुनै सहयोग प्राप्त नभएको मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।
उनका अनुसार अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा सन् १९५१ देखि निरन्तर अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।