२०८१ फागुन १२, सोमवार , ०३:५२:१५ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घट्यो

सोमवार, फागुन १२, २०८१

काठमाडौं । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७५८ दशमलव ७५ विन्दुमा पुगेको छ ।

आज बैंक, लगानी, उत्पादन र अन्य समूहको शेयर बढेको छ । अन्य समूहको शेयर साढे २ प्रतिशतले उकालो लागेको छ । आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ११ अर्ब ५४ करोडको शेयर कारोबार भएकोमा आज ३१० वटा कम्पनीका २ करोड ११ लाख कित्ता शेयर ११ अर्ब ८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

सम्बन्धित खबर