
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज बङ्गलादेश र न्युजिल्यान्ड खेल्दैछन् ।
समूह ‘ए’ का बङ्गलादेश र न्युजिल्यान्डबीचको खेल पाकिस्तानको रावलपिन्डीमा दिउँसो पौने ३ बजे शुरू हुने छ । बङ्गलादेश यसअघिको खेलमा भारतसँग पराजित भएको थियो भने न्युजिल्यान्डले पाकिस्तानलाई हराएको थियो ।
दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।