
झापा । झापाको अर्जुनधारामा आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । बिहान अन्दाजी ६ः३० बजे अर्जुनधारा नगरपालिका–४ रातेखोला बस्ने ६० वर्षीय लीलाबहादुर कटवालको भान्सा घरमा आगलागी भएको हो ।
आगलागीबाट काठ र जस्ताको छानो भएको एकतले भान्छा घर, भान्छा कोठाभित्र रहेको अन्नपात, भाँडावर्तन, काठपात पूर्णरुपमा जल्दा अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त आगो प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा ७ः१० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।