
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव कार्यक्रम राखेको छ ।
प्रधानमन्त्री ओलीलाई ७४औं जन्मदिनको शुभकामना दिन च्यासलमा कार्यक्रम राखिएको हो । ‘अहिले दिउँसो ३ बजे प्रधानमन्त्री पार्टी कार्यालयमा आउँदै हुनुहुन्छ’ केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीले भने ।
तर जन्मदिन विशेष कुनै औपचारिक कार्यक्रम भने हुनेछैन । ‘नेता कार्यकर्ताले शुभकामना दिने हो, त्यस्तो औपचारिक होइन’, उनले भने ।
प्रधानमन्त्री ओलीको जन्मोत्सवमा गत वर्षदेखि केट काट्ने चलन पनि छोडिएको छ । ‘पार्टीले केट काट्ने गरेको छैन, शुभकामना दिने बातावरणसम्म मिलाउने हो’, अधिकारीले भने ।