२०८१ फागुन ११, आइतवार , ०९:३८:४३ बजे

Sajhamanch
'

चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : लिग चरणको अन्तिम खेलमा नेपालले आज म्यानमारसँग खेल्दै

आइतवार, फागुन ११, २०८१

काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको लिग चरणमा नेपालले आज म्यानमारसँग खेल्दैछ । खेल काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरू हुनेछ ।

अन्तिम खेल अघि नै नेपाल र म्यानमार फाइनलमा पुगिसकेका छन् । नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै फाइनलमा पुगेको हो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले र दोस्रो खेलमा कीर्गिस्तानलाई पाँच गोलले हराएको थियो ।

नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ । तीन खेलमा पराजित नेपालले एक खेलमा बराबरी खेलेको थियो । लिग चरणको आज हुने अन्तिम खेल अघि दिउँसो २ बजे लेबनान र कीर्गिस्तानले खेल्दैछन् । लेबनान र कीर्गिस्तान उपाधि होडबाट बाहिरीसकेका छन् । नेपाल र म्यानमारबीचको फाइनल खेल बुधवार हुनेछ ।

सम्बन्धित खबर