
काठमाण्डौ । आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । तराईका केही ठाउँमा हुस्सु लागेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम मानिन्छ ।
यो वर्षको हिउँद सकिन अब पाँच दिन मात्रै बाँकी छ । तर यसवर्ष अहिलेसम्म १० दशमलव ६ प्रतिशत मात्रै हिउँदे वर्षा भएको छ । हिउँद सुख्खा हुँदा डढेलोका घटना बढ्दै गएका छन् ।कृषि उपज र बाली उत्पादनमा किसानले ठूलो समस्या भोग्नुपरेको छ । त्यस्तै प्रदुषण बढेकाले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ ।