
काठमाडौं । यस हप्ता शुरूदेखि नै लगातार बढेको सुनको भाउ आज हप्ताको अन्तिम दिन भने घटेको छ । आज सुनको भाउ हिजोको तुलनामा तोलामा एक हजार रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ हप्ताभरकै धेरै तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । हप्ताको शुरू आइतवार र आज कारोबारको अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा दुई हजार ५०० रुपैयाँले बढेको छ ।
हप्ताको शुरूको दिन आइतवार तोलाको एक लाख ६७ हजार ५०० रुपैयाँ रहेको थियो भने आज कारोबारको अन्तिम दिन तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै सोमवार तोलाको एक लाख ६८ हजार ७०० रुपैयाँ, मङ्गलवार तोलाको एक लाख ६९ हजार ४०० रुपैयाँ, बुधवार तोलाको एक लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि हप्ताको अन्तिम दिन घटेको छ । हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको एक हजार ९९० रुपैयाँ कारोबार भइरहेको छ ।
हिजो चाँदीको भाउ हप्ताकै धेरै तोलाको एक हजार ९९५ रुपैयाँ कायम रहेको थियो । यस हप्ताको शुरू आइतवार तोलाको एक हजार ९५५ रुपैयाँ रहेको चाँदीको भाउ आज कारोबारको अन्तिम दिन एक हजार ९९० रुपैयाँ कायम भएको छ ।
शुरूको दिन आइतवार र आज अन्तिम दिनको तुलना गर्दा चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ ।