२०८२ वैशाख ७, आइतवार , ०८:३५:३७ बजे

Sajhamanch
'

च्याम्पियन्स ट्रफीमा आज अफागानिस्तान र दक्षिण अफ्रिका खेल्दै

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । च्याम्पियन्स ट्रफीमा आज अफागानिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । पाकिस्तानको कराचीमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ ।

दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् ।

पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा र अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ मा हुनेछ ।

सम्बन्धित खबर