
काठमाडौं । एशियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङले के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएर रजत पदक जितेकी हुन् ।
एरिका फाइनलमा इरानी खेलाडीसँग ९–१ ले पराजित भएकी थिइन् । त्यसअघि उनले पहिलो खेलमा भारतीय खेलाडीलाई ८–० ले, क्वाटरफाइनलमा काजाकास्तानको खेलाडीलाई ४–१ र सेमिफाइनलमा टर्कीकी खेलाडीलाई ५–२ ले पराजित गरेकी थिइन् ।
फागुन ११ गतेसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३८२ खेलाडीको सहभागिता रहने छ । एरिकाले एशियन च्याम्पियनमा पनि रजत पदक जितिसकेकी छिन् ।
एशियाली खेलकुद र एशियन च्याम्पियनशिपमा रजत पदक जित्ने उनी एक्लो नेपाली खेलाडी हुन् ।