२०८१ फागुन ९, शुक्रवार , ०७:५१:५७ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय महिला फुटबल : म्यानमारले किर्गिस्तानलाई ५ गोलले हरायो

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले किर्गिस्तानलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हरायो ।

पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा १ गोल थप्यो । प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जीत हो । यसअघिको खेलमा म्यानमारले लेबनानलाई हराएको थियो भने किर्गिस्तान नेपालसँग पराजित भएको थियो ।

प्रतियोगितामा अहिले बेलुकी ६ बजे नेपाल र लेबनान खेल्दै छन् । चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।