२०८१ फागुन ९, शुक्रवार , ०७:०८:५४ बजे

Sajhamanch
'

च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा बङ्गलादेशले टस जित्यो

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा बङ्गलादेशले टस जितेको छ । दुबईमा बङ्गलादेशका कप्तान नजमुल होसेन शान्तोले टस जितेर पहिले ब्याटिङ रोजेका छन् ।

यो खेलमा बङ्गलादेशको टोलीमा कप्तान शान्तोसँगै तन्जिद हसन, सौम्य सरकार, त्वहिद हृदोय, मुश्फिकर रहिम, मेहदी हसन मिराज, जकेर अली, रिशद होसेन, तन्जिम हसन सकिब, तस्किन अहमद र मुस्ताफिजुर रहमान छन् ।

यस्तै भारतको टोलीमा कप्तान रोहित शर्मासँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पान्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, हर्षित राना, मोहम्मद शमी र कुलदीप यादव छन् ।

यसअघि हिजो भएको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डले विजयी शुरुआत गरेको छ । न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले हरायो ।

१९ दिनसम्म चल्ने प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोली सहभागिता छन् । भारतका खेल भने दुबईमा हुनेछ । नवौं संस्करणको च्याम्पियन्स ट्रफीको फाइनल खेल आउँदो मार्च ९ तारिखमा हुनेछ ।