
झापा । झापा जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवम् कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच भएको प्रतिस्पर्धामा ३ ̶१ गोलको अन्तरले भद्रपुर नगरपालिकाले उपाधि चुमेको हो ।
उपाधिसँगै भद्रपुर नगरपालिकाले नगद १ लाख १५ हजार, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको गौरीगञ्ज गाउँपालिकाले नगद ६१ हजार पाएको छ ।
“खेल मार्फत राष्ट्रविकासको अभियान” भन्ने नाराका साथ माघ २५ गतेबाट सुरु भएको प्रतियोगितामा फाइनल खेलमा पहिलो गोलकर्ता भद्रपुरका खेलाडी परदेशी टुडु म्यान अफ द म्याच बन्दै नगद २ हजार एक सय प्राप्त गरे ।
त्यस्तै भद्रपुरकै खेलाडी आमोश टुडु वेस्ट किपर, भद्रपुरकै चन्द्र प्रधान वेस्ट डिफेन्डर र गौरीगञ्जका खेलाडी विनोद मर्डी वेस्ट मिडफिल्डर भए । उनीहरूले जनही ३ हजार एक सयका दरले नगद पुरस्कार पाए ।
यससँगै खेलमा सर्वाधिक ५ गोल गरेका भद्रपुरका खेलाडी सन्देश राईले नगद ३ हजार एक सय पाए भने भद्रपुरकै खेलाडी रोहण सुब्बाले म्यान अफ द सिरिज बन्दै नगद ५ हजार १ सय पुरस्कार प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमलाई कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने (कुँवर), कनकाई वडा नं। ३ का वडा अध्यक्ष युवराज चम्लागाईं, आयोजक संस्थाका अध्यक्ष छवि थपलिया, खेल संयोजक भुवन खतिवडा साथै विधागत पुरस्कार प्रदान थिए ।
प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि सङ्घीय संसद् लालप्रसाद लिम्बू ९एलपी साँवा०, विशिष्ट अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना मन्तव्य राखेको औपचारिक कार्यक्रममा खेल संयोजक भुवन खतिवडाले स्वागत गरेका थिए ।
प्रजातन्त्र दिवसको समेत अवसरमा सम्पन्न कार्यक्रममा स्थानीय लोकप्रिय कलाकार सन्तोष रायमाझीले गायन प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।