२०८१ फागुन ९, शुक्रवार , १२:२१:३० बजे

Sajhamanch
'

च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हराएको छ । हिजो भएको खेलमा ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर २ बलमा २६० रनमा अलआउट भयो ।

उसका खुशदिल शाहले सर्वाधिक ६९ र ओपनर बाबर आजमले ६४ रन बनाए । सलमान अघाले ४२ रन जोडे । न्युजिल्याण्डका विलियम ओ’रोर्केले र कप्तान मिचेल सान्टनरले समान तीन विकेट तथा म्याट हेनरीले दुई विकेट लिए ।

त्यसअघि कराँचीमा ओपनर विल योङ र टोम लाथमको शतकमा न्युजिल्याण्डले पाँच विकेट गुमाएर ३२० रन बनाएको थियो । लाथमले अविजित सर्वाधिक ११८ रन जोडे । त्यस्तै विल योङले १०७ रन जोडे ।

ग्लेन फिलिप्सले ६१ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका नशिम साहले दुई, अबरार अहमद र हरिस रउफले समान एकरएक विकेट लिए ।

च्याम्पियन्स ट्रफीमा आज भारत र बङ्गलादेश खेल्दैछन् । भारतीय टोली पाकिस्तान नजाने भएपछि उसले आफ्ना सबै खेल यूएईमा खेल्नेछ । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् ।

पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा र अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ मा हुनेछ ।

सम्बन्धित खबर