२०८१ फागुन ८, बिहिवार , ०६:५८:५९ बजे

Sajhamanch
'

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति छ : परराष्ट्रमन्त्री

बुधवार, फागुन ७, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति रहेको बताएकी छन्।

ओमान भ्रमणमा रहेकी मन्त्री राणाले श्रमिकको हकहित र सेवासुविधाको सुरक्षा एवं प्रवर्द्धनको लागि आवश्यक नीतिगत, संस्थागत तथा कानुनी संरचना निर्माण र परिमार्जन हुने बताएकी छन्।

उनले खाडी समन्वय परिषद्मा छलफल गर्दै महिला घरेलु कामदारलगायत श्रमिकको उद्धार- सहायता, स्वदेश फिर्ती, बिमा र क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापन लगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपायमा सहज बनाउने प्रतिबद्धता जनाएकी थिइन्।

कार्यक्रममा नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर तथा श्रम सहचारीहरू लगायत नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सहभागिता थियो। कार्यक्रममा

सार्वजनिक व्यापार, लगानी, पर्यटन, सँस्कृति, भाषा, भेषभूषा, बाजागाजा, खानाका परिकार तथा रोजगार प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार, नेपाली समूदाय तथा सामाजिक संघसंस्थासँगको सहकार्य तथा नेपाली नियोगमा उपलब्ध श्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा उपयोग लगायतका विषयमा विस्तृत छलफल भएको ओमानस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।

विज्ञप्तिअनुसार बैठक पश्चात परराष्ट्रमन्त्रीले ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, राजदूतावासका स्वयम्‌सेवक तथा नेपाली समूदायका अगुवाहरुसँग अन्तरक्रिया गरेकी थिइन्।

यस क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री राणाले सबैलाई इमान्दारीपूर्वक काम गरी नेपालको सम्मान अभिवृद्धि गर्न आह्वान गरेकी थिइन्।

यसै प्रसंगमा उनले सरकारले नेपाली श्रमिकको हकहित र सेवासुविधाको सुरक्षा एवं प्रवर्द्धनको लागि आवश्यक नीतिगत, संस्थागत तथा कानुनी संरचना निर्माण तथा नियमित परिमार्जन गरिरहेको जानकारी पनि जानकारी दिएकी थिइन्।

अन्तरक्रिया कार्यक्रम पश्चात उनी राजदूत डोरनाथ अर्यालको रात्रीभोजमा सहभागी भएकी थिइन्।

सम्बन्धित खबर