
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डसँगको उद्घाटन खेलमा पाकिस्तानले टस जितेको छ । कराचीको नेशनल स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिले बलिङ रोजेका छन् ।
यो खेलमा पाकिस्तानको टोलीमा कप्तान रिजवानसँगै फखर जमान, बाबर आजम, सउद शकील, सलमान अघा, तय्यव ताहिर, खुश्दील शाह, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ र अब्रार अहमद छन् ।
यस्तै न्युजिल्यान्डको टोलीमा कप्तान मिचेल सान्टनरसँगै डेभोन कन्वे, विल योङ्ग, केन विलियमसन, ड्यारेल मिचेल, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, नाथन स्मिथ, म्याट हेनरी र विलियम ओरोर्के छन् ।
१९ दिनसम्म चल्ने प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता छन् । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ । नवौं संस्करणको च्याम्पियन्स ट्रफीको फाइनल खेल आउँदो मार्च ९ तारिखमा हुनेछ ।