२०८१ फागुन ८, बिहिवार , १२:५६:११ बजे

Sajhamanch
'

पोखरामा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ

बुधवार, फागुन ७, २०८१

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा पड्किएको बलुनमा ग्यास भर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले बेलुनमा ग्यास भर्ने ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको हो ।

ग्यास भर्ने कमलेसलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

गत शनिवार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बलुनमा आगोको झिल्कोले लागेर पड्किदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

घाइते अर्थमन्त्री पौडेल डिस्चार्ज भैसकेका छन् । मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइराखेको छ ।

उक्त घटनाको छानबिन गर्न गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय समिति बनाएको छन् । समितिलाई १५ दिनको समय दिइएको छ ।

सम्बन्धित खबर