२०८१ फागुन ८, बिहिवार , १२:१६:४९ बजे

Sajhamanch
'

फाल्गुन्द गाउँपालिकाका वडाध्यक्ष नेम्वाङको निधन

बुधवार, फागुन ७, २०८१

झापा । पाँचथरको फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ । नेम्वाङ नेपाली काँग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए ।

राज्यको पुनःसंरचनापश्चात २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

पछिल्लो समय उनलाई मुखको क्यान्सर भएको थियो । क्यान्सरकै कारण उनको निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए ।

लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेपछि उनलाई अस्पतालले फिर्ता पठाएपछि माघ तेस्रो साता फाल्गुनन्द ३ स्थित पौवासारतापमा रहेको घर ल्याइएको थियो ।

घरैमा उपचार गराइरहेका बखत उनको बुधबार निधन भएको हो । उनी कुशल भलिबल खेलाडी पनि थिए । उनको अन्त्येष्टि बुधबार नै गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित खबर