
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९१ अङ्कले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सप्तकोशी विकास बैंक र केबीएल डिबेन्चर २०८६ को शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १० अर्ब ४ करोडको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीका १ करोड ८२ लाख कित्ता शेयर १० अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।