
झापा । ओखलढुङ्गामा लडेर एक जनाको मृत्यु भएको छ, भने इलाममा एक जना घाइते भएका छन् ।
हिजो बिहान ८ः३० बजे ओखलढुङ्गा चम्पादेवी –३ पिपलडाँडा बस्ने अन्दाजी ४५ वर्षीय वेदबहादुर तामाङ जङ्गलबाट काठको बलो बोकी घरतर्फ आउने क्रममा बाटोबाट तल झरेका थिए । लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय रामकुमारी तामाङले देखेर प्रहरीलाई खबर गरेपछि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय वरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको छ ।
यता गएराति ९ बजे इलाम नगरपालिका ११ सोयाक बस्ने ५० वर्षीय टेकबहादुर श्रेष्ठ आफ्नै घरमा पार्किङ गरी राखेको आफ्नै मोटरसाइकल निकाल्ने क्रममा अचानक मोटरसाइकलसहित लडेका छन् ।
लडेर घाइते भएका श्रेष्ठलाई जिल्ला अस्पताल सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । बोल्न नसक्ने श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।