२०८१ चैत ३, आइतवार , ११:३३:४९ बजे

Sajhamanch
'

धानको उत्पादन ४ दश्मलव ४ प्रतिशतले बढ्ने अनुमान

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । सरकारले यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन ४ दश्मलव ४ प्रतिशत बढ्ने अनुमान रहेको छ । गत वर्ष धानको उत्पादन ४ दश्मलव ३ प्रतिशतले बढेको थियो ।

गत वर्ष भन्दा धानको उत्पादन अझ बढ्ने अनुमान रहेको मन्त्रालयले जनाएको छ । यस्तो तथ्याङ्क यही माघ २७ गते राष्ट्रिय सभामा प्रस्तुत भएको हो ।

प्रस्तुत तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिमा उद्योगको औसत क्षमता उपयोग ४८ दश्मलव ३३५ रहेको थियो । बैंकिङ क्षेत्रको तरलतामा देखिएको सुधार, घट्दो व्याजदर, अन्तर्राष्ट्रिय बजारमा तेल तथा अन्य कच्चा पदार्थको मूल्यमा कायम रहेको स्थिरता लगायतका कारण उद्योग सञ्चालनमा केही सुधार आउने अनुमान रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फितिलाई ५ दश्मलव ५५ को सीमाभित्र राख्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा समीक्षा अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित औसत मुद्रास्फिति ४ दश्मलव ९७५ कायम रहेको छ ।

समीक्षा अवधिमा वृहत् मुद्रा प्रदाय ३ दश्मलव ९५ ले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा उक्त मुद्रा प्रदाय ६ दश्मलव ५५ ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुष मसान्तमा विस्तृत मुद्रा प्रदाय १० दश्मलव २५ ले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ५ दश्मलव २५ ले बढेर ५३ खर्ब ३९ अर्ब ५२ करोड पुगेको छ ।

समीक्षा अवधिमा कूल आन्तरिक कर्जा १ दश्मलव २५ ले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०८० पुष मसान्तसम्म यस्तो कर्जा ४ दश्मलव ८५ ले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप २ खर्ब ३९ अर्व ६ करोड रुपैया अर्थात् ३ दश्मलव ७५ ले बढेर ६६ खर्व ९१ अर्ब ४४ करोड रुपैया पुगेको छ ।