२०८१ फागुन ९, शुक्रवार , ०१:३८:३६ बजे

Sajhamanch
'

विराट गोल्डकप फुटबलमा नेपाल र भारतका १० टोली सहभागी हुने

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको शहिद रङ्गशालामा हुने भएको छ । विराट गोल्डकप टष्ट्रका अनुसार प्रतियोगिता ‘फ्लडलाइट’ मा रातको समयमा हुनेछ ।

प्रतियोगितामा नेपाल र भारतका गरी १० टोली सहभागी हुने भएका छन् । नेपालका एनआरटी, थ्रीस्टार, मछिन्द्र क्बल, चर्च ब्वाइज, विभागीय टिम नेपाल पुलिस, एसपीएफ, त्रिभुवन आर्मी, आयोजक मोरङ टिम सहभागी हुनेछन् ।

भारतबाट दुई टोली सहभागी हुने प्रतियोगिताका संयोजक नविन रिजालले जानकारी दिए। प्रतियोगिताको विजेतालाई ११ लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार दिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर