२०८१ फागुन ८, बिहिवार , ०५:५९:०८ बजे

Sajhamanch
'

चारवटा प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंमा दिउँसो पानी पर्नसक्ने

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बाँकी पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
काठमाडौंमा पनि आज वर्षाको सम्भावना रहेको छ । दिउँसो वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए ।

सम्बन्धित खबर