२०८१ फागुन ७, बुधवार , ०५:०८:२४ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाल आइपुगिन् साम्बा

सोमवार, फागुन ५, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ राष्ट्रिय टोलीका लागि खेल्न नेपाल आइपुगेकी छन् । क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार विहान काठमाडौं आइपुगेकी हुन् ।

आजदेखि सुरू हुन लागेको नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन साम्बा नेपाल आएकी हुन् । सोमबार साँझ हुने कीर्गिस्तानसँगको पहिलो खेल भने उनले गुमाउने छिन् ।

आज भर्खर आइपुगेकाले उनले आराम गर्ने प्रशिक्षक राजेन्द्र तामाङले जनाएका थिए । ६ वर्षअघि कीर्गस्तानसँग खेलेको नेपालले उक्त खेल ८-२ गोलले जितेको थियो । त्यसबेला साम्बाले ४ गोल गरेकी थिइन् ।

नेपालले दोस्रो खेल बिहीबार लेबनानसँग र तेस्रो खेल आइतबार म्यानमारसँग खेल्ने छ । सिंगल राउण्ड रोबिन लिगबाट शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

सम्बन्धित खबर