
काठमाडौं । मनाङमा भूकम्पको धक्का महसुस भएको छ । मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको हो। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो।
भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ र साना तथा मध्यम भूकम्प समय समयमा आइरहन्छन्।