
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९.५६ अङ्कले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल र माइक्रोफाइनान्स समूहको शेयर झन्डै २ प्रतिशतले बढेको छ ।
आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ७ अर्ब ९२ लाखको शेयर कारोबार भएकोमा आज ३०९ वटा कम्पनीका २ करोड ९ लाख कित्ता शेयर ९ अर्ब ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।