![](https://sajhamanch.com/wp-content/uploads/2025/02/pawan-chenji-1.jpg)
विराटनगर । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई मोसो दलेको छ ।
केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो ।
प्रहरीका अनुसार चेन्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर मोसो दलिएको हो । उनी कार्यक्रमका लागि भनेर धरान आएका थिए ।
पहिचान पक्षधरले दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा पुर्याएको छ ।
पहिचान पक्षधर नेता अमर इजम लिम्बुका अनुसार याक्थुङ चुम्लुङको कार्यक्रमका लागि चेन्जी आएका बेला पहिचान पक्षधर युवाहरुले मोसो दलेका हुन् ।
‘मुकुम्लुङमा नो केबुलकार पक्षलाई फेसबुकमा गाली गरेको थियो, त्यहीँ माफी मगाएको, ’उनले भने,‘ केटाहरुले मोसो दलेछन्, त्यसो नगरौ है भनेर सम्झाए ।’