२०८१ फागुन ७, बुधवार , ०७:११:४६ बजे

Sajhamanch
'

सत्तापक्षीय ७ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै, अध्यादेशबारे जुट्दै सहमति

आइतवार, फागुन ४, २०८१

काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठक एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने सत्ता साझेदार दलका प्रमुख सचेतकहरुबीच सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाउन बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई जानकारी दिए

शनिवार बसेको सत्ता साझेदार दलहरूको शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो ।

भूमि अध्यादेशमा पनि खासै विमति नरहेको र सत्ता साझेदार दलहरूको सहमतिबाटै टुङ्गिने बर्तौलाले बताए ।

बैठकमा कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौला लगायत जसपा, जसपा नेपाल, जनमत, नाउपा र लोसपाका प्रमुख सचेतक सहभागी छन् ।

सम्बन्धित खबर