२०८१ फागुन ९, शुक्रवार , ०५:३३:५२ बजे

Sajhamanch
'

‘छावा’ बन्यो विक्की कौशलको करिअरमा धेरै ओपनिङ गर्ने फिल्म

आइतवार, फागुन ४, २०८१

विक्की कौशल, रश्मिका मन्दाना र अक्षय खन्नाको पिरियड ड्रामा ‘छावा’ले भारतीय बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । भ्यालेन्टाइन्स् डेमा रिलिज भएको फिल्मले भारतमा पहिलो दिन ३१ करोडको नेट कलेक्सन गर्नुका साथै पहिलो दिनको कमाईका हिसाबले ६ नयाँ रेकर्ड पनि बनाएको छ ।

२०२५ मा बलिउडलाई सबैभन्दा ठूलो ओपनिङ दिने फिल्म समेत बनेको छ । विश्वव्यापी कमाइको हिसाबले पनि ठूलो सफलता हात पारेको छ । सकनिल्कका अनुसार शुक्रबार विदेशी बजारमा पनि ‘छावा’को क्रेज देखियो । फिल्मले पहिलो दिन विदेशमा १० करोड भारु ग्रस कलेक्सन गर्‍यो । भारतको ग्रस ३७.२५ करोड भारु रह्यो ।लक्ष्मण उतेकर निर्देशित फिल्मले ओपनिङकै दिन ४७.२५ करोड भारुको विश्वव्यापी ग्रस कलेक्सन गरेको छ । विक्की कौशलको करियरको यो अहिलेसम्मकै ठूलो ओपनिङ हो । यसअघि उनको ब्लकबस्टर फिल्म ‘उरी स् द सर्जिकल स्ट्राइक’ले ओपनिङ दिनमै ८ करोड २० करोड भारुको व्यापार गरेको थियो । यो अभिनेताको पहिलो फिल्म हो, जसले पहिलो दिन १० करोडभन्दा बढी कमाएको छ ।

‘छावा’को बजेट १३० करोड भारु छ । पहिलो सप्ताहन्त वा सोमबारसम्म सजिलै १०० करोड क्लबमा सामेल हुने प्रक्षेपण छ । फिल्ममा विक्कीले छत्रपति शिवाजी महाराजका छोरा संभाजी महाराजको भूमिका निर्वाह गरेका छन् । ‘सरदार उधम’ र ‘साम बहादुर’पछि अभिनेताको यो तेस्रो बायोग्राफिकल फिल्म हो ।सकनिल्कबाहेक फिल्मका निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘छावा’ले पहिलो दिन विश्वभर ५० करोड भारु कमाएको छ । जबकि भारतमा ३३ करोड १० लाख रुपैयाँ नेट कलेक्सन भएको छ ।

विक्की कौशलको यो फिल्मको अर्को महत्वपूर्ण कुरा के हो भने अहिले बलिउडदेखि साउथसम्म यसअघि कुनै ठूलो फिल्म रिलिज हुनेछैन । यति मात्र होइन, २८ मार्चमा ‘सिकन्दर’ रिलिज हुनुअघि कुनै ठूलो फिल्म छैन । जसको कारण फिल्मलाई बक्सअफिसमा लाभ मिल्ने अपेक्षा छ ।

सम्बन्धित खबर