
हमासले प्यालेष्टिनी कैदीहरूको बदलामा आज तीन इजरायली बन्धकलाई रिहा गर्दैछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा नयाँ युद्धको चेतावनी दिएपछि हमासले यो निर्णय गरेको हो।
रिहा हुनेमारुसी(इजरायली अलेक्जान्डर ट्रोफानोभ, अर्जेन्टिना-इजरायली यायर हर्न र अमेरिकी–इजरायली सागुई डेकेल चेन छन्। यसअघि, हमासले युद्धविरामका शर्तको उल्लंघनका कारण बन्धकको रिहाइ रोकेको बताएको थियो। हमासले इजरायललाई युद्धविरामका शर्त पालना नगरेको आरोप लगाउँदा इजरायलले भने बन्धक रिहा नगरे हमासलाई समाप्त गरिछाड्ने चेतावनी दिएको थियो।इजरायलसँग जनवरी १९ मा युद्धविराम भएयता हमासले छैटौँपटक बन्धक रिहा गर्न लागेको हो। तर यो पटक पनि रिहा हुने सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश छैन । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहे पनि अपेक्षित प्रगति देखिएको छ।
हालसम्म ५६६ प्यालेस्टिनीको बदलामा १६ इजरायली र पाँच थाई बन्धकलाई रिहा गरिएको छ। एजेन्सी