![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Dubera-mrityu.jpg)
धनगढी । कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।