![](https://sajhamanch.com/wp-content/uploads/2024/08/share.jpeg)
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.२६ अङ्कले घटेर २ हजार ६७८.४७ विन्दुमा झरेको छ ।
आज फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक र जलविद्युत् समूहको शेयर झन्डै १ प्रतिशतले ओरालो लागेको छ ।
आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, कुमारी सबल योजना र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७१ करोडको शेयर कारोबार भएकोमा आज ३०२ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ९२ लाख रुपैयाँमा किनबेच भएको छ ।