२०८१ फागुन १, बिहिवार , १२:२७:४० बजे

Sajhamanch
'

सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ

बिहिवार, फागुन १, २०८१

काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।

काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर