![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Nepali-Congress-leader-e1739421538816.jpg)
काठमाडौं । भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले छलफल गर्दैछ । आज छलफलका लागि सभापति शेरबहादुर देउवा, भातृ संस्थाका अध्यक्षलगायतको सयुक्त बैठक बस्दैछ ।
भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ ।
तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा बैठकमा छलफल हुनेछ । पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ ।
कांग्रेसका १३ भातृ संस्थामा निर्वाचित समिति दुईवटा संस्थामा मात्रै छ । अन्य सबैमा तदर्थ समिति छ ।