२०८१ फागुन १, बिहिवार , ०७:४३:३६ बजे

Sajhamanch
'

कोसी प्रदेशमा कुहिरो, अन्यमा हुस्सु

बिहिवार, फागुन १, २०८१

काठमाडौं । तराईका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । मध्य र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेको हो ।

कोसी प्रदेशमा कुहिरो र अन्य स्थानमा हुस्सु रहेको मौसमविद् गोविन्द झा बताउँछन् ।“कोसी प्रदेशको विराटनगरलगायत केही स्थानमा कुहिरो लागेको छ । बाँकी भूभागमा हुस्सु लागेको छ,” मौसमविद् झाले भने ।

विराटनगरमा आज बिहान ८०० मिटर भिजिविलिटी रहेको छ । अन्य स्थानमा हुस्सु लागेको उनले बताए । पश्चिम तराईमा भने भिजिविलिटी सामान्य छ ।एक किलोमिटरभन्दा कम भिजिविलिटी भइ त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हुने मौसमविद् झा बताउँछन् ।

दुई किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने हवाई सेवा प्रभावित हुन्छ । विमान उडान र अवतरणका लागि दुई हजार मिटरभन्दा बढी भिजिविलिटी चाहिन्छ ।हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

सम्बन्धित खबर