२०८१ माघ ३०, बुधवार , ०३:०५:४७ बजे

Sajhamanch
'

अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण

बुधवार, माघ ३०, २०८१

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडक खण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडक खण्डको (२४ दशमलव ५ किलोमिटर) अन्तर्गत ४५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम अहिलेसम्म चार करोड ८८ लाख रुपैयाँ पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताए।

खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडक खण्डको पीडितले छुट मुआब्जाको माग गर्दै आएका थिए ।

वि।सं।२०८० वैशाख २६ गते छ्याङ्कुटी–दिदिङ सडक खण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।

अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने उल्लेख छ ।

सम्बन्धित खबर