![](https://sajhamanch.com/wp-content/uploads/2025/01/women-arrested.jpg)
काठमाडौं । धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।
जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् ।
घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई मंगलबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।