![](https://sajhamanch.com/wp-content/uploads/2024/12/fire-1.jpg)
सुनसरी । पुरानो रिसिबीका कारण सुनसरी देवानगंजका ५५ वर्षीय शैलेस भगतमाथि गोली प्रहार भएको छ ।
गएराति १२ः१०बजे देवानगंज ३ पाँचौसिमर बस्ने अन्दाजी ४५ वर्षीय अरविन्द यादवसहित २–३ जनाको समूहले भगतलाई छोटो कटुवा पेस्तोलबाट घाँटीमा गोली हानी फरार भएका हुन् ।
घाइतेलाई उपचारको लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो । सामान्य चोट लागेको हुँदा उनी बिहान डिस्चार्ज भएका छन् । गोली हान्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।