
बिर्तामोड । यहाँस्थित इन्भेचर एजुकेशन एकाडेमीले विविध सांस्कृतिक कार्यक्रम गरी सोमबार विद्यालयको १३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितेश बस्तेनको अध्यक्षसमा आयोजित वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्की थिए ।
उक्त कार्यक्रममा विद्यालयका नानीबाबुहरुले विविध सांस्कृतिक नृत्य तथा झाँकी, आधुनिक नृत्य, गायन, फेसन शो तथा नाटक लगायत विविध प्रस्तुति पस्किएका थिए ।
वार्षिकोत्सव समारोहका विद्यालयका संस्थापक प्रिन्सिपल अमृत बस्नेतले विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।
सोही कार्यक्रममा शैक्षिक वर्ष २०८० मा उत्कृष्ट अङ्क प्राप्त गर्न सफल विद्यार्थीलाई कक्षागत रुपमा पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै वर्ष उत्कुष्ट विद्यार्थीको रुपमा अर्नब कार्की र सोमिया मिश्र पुरस्कृत भए भने वर्ष उत्कृष्ट शिक्षकको रुपमा कला ढकाल सम्मानित भइन् ।
सो कार्यक्रम हेरेपछि प्रमुख अतिथि कार्कीले छोटो समयमा यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न अतुलनीय योगदान पुर्याएको भनाई राखेका थिए ।
सो कार्यक्रममा अभिभावकको तर्फबाट मन्तब्य राख्दै कुमार थापाले आफ्नो टोलमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभाव यस विद्यालयले पूरा गरेको बताए । उनले विद्यालयका हरेक गतिविधिहरु विद्यार्थीमैत्री तथा अभिभावकमैत्री रहेकाले सम्पूर्ण अभिभावक विद्यालयप्रति आभारी रहेको धारण राखेका थिए ।
विद्यालयका संस्थापक रुपा बस्नेतले शाब्दिक स्वागत गरेको सो औपचारिक समारोहको सञ्चालन शिक्षक सिद्धार्थ गौतम र माया श्रेष्ठले गरेका थिए भने सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन विभिन्न उमेर समूहका विद्यार्थीहरुले गरेका थिए ।